शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेसको केन्द्रीय सभापति बन्छु भन्ने पौडेलले आफ्नै जिल्लामा सभापति जिताउन सकेनन्, देउवा तिरका यी नेताले मारे बाजी

सोमवार , मंसिर १३, २०७८

काठमाडौं। नेपाली कांग्रेस तनहुँको जिल्ला सभापतिमा सस्थापन पक्षका जीतप्रकाश आले विजयी भएका छन्।

उनले वरिष्ठ नेता रामचन्द्र पौडेलका उम्मेदवार बैकुण्ठ न्यौपानेलाई पराजित गरेका हुन्। सभापतिमा निर्वाचित आलेले ९५१ मत पाएका छन् भने न्यौपानेले ७८३ मत पाएका छन्। यस्तै उपसभापतिमा राजेन्द्र कुमार श्रेष्ठ र देवकुमार श्रेष्ठ विजयी भएका छन्।

त्यस्तै सचिव पदमा लक्ष्मीभक्त खनाल र सहदेव अधिकारी विजयी भएको निर्वाचन समितिले जनाएको छ। दुई सहसचिवमा मिलन आले र परमेश्वर भट्टराई निर्वाचित भएका छन्। सहसचिव मिलनबाहेक सबै पदमा सभापति आले समूहबाट विजयी भएका हुन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार