काठमाडौं। नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुने भएका छन। बिहान १० बजेको समयभित्र अन्य कसैको दावी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन्। निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ। – न्युज कारखाना