शुक्रवार, आश्विन २३ गते २०८३

कसैको उम्मेदवारी नपरेपछि एमालेको पाँच पदाधिकारी बने निर्विरोध

सोमवार , मंसिर १३, २०७८

काठमाडौं। उम्मेदवारी दर्ताका लागी दिइएको समयसम्म कसैको उम्मेदवारी नपररेपछि एमालेको ५ पदाधिकारी निर्विरोध बनेका छन्। १० बजेसम्म उम्मेदवारी दर्ताका लागी समय दिइएको थियो।

सो समयमा कसैको उम्मेदवारी नपर्दा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित हुने भएका हुन्। मनोनयनको म्याद सकिँदासमेत पनि उपमहासचिव पदमा कसैको उम्मेदवारी परेन।

उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी छ। अध्यक्ष पदमा भने केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ। ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ। त्यस्तै, ७ सचिवमा ९ जनाको उम्मेदवारी परेको छ।

केपी ओलीले प्रस्ताव गरेका ६ उपाध्यक्षमा घनश्याम भुसालले समेत उम्मेदवारी दिएपछि निर्वाचनमा जानुपर्ने भएको छ। त्यसैगरी ओलीद्वारा प्रस्तावित सात सचिवसँगै भीम आचार्य र टंक कार्कीको समेत उम्मेदवारी परेपछि सचिवमा समेत चुनाव हुने भएको हो। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार