शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेसको ५३ जिल्ला अधिवेशनको परिणाम आउँदा कसको छ अग्रता ? (सूचीसहित)

सोमवार , मंसिर १३, २०७८

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनको ५३ जिल्लाको मतपरिणाम आइसकेको छ। ५३ जिल्लाको मतपरिणाम आउँदा संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट २४ जना सभापतिहरू निर्वाचित भएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले २६ जिल्लामा सभापति जितेको छ। पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलानिकट एकजना जिल्ला सभापतिमा निर्वाचित भएका छन्। झापामा कृष्ण सिटौला पक्षका देउमान थेवे सभापति निर्वाचित भएका हुन्। 

त्यस्तै सर्वसम्मत रूपमा सभापति बनेका २ जिल्ला सभापतिले आफ्नो पक्षधरता खुलाएका छैनन्। पक्षधरता नखुलाएकामा रुकुम पश्चिमका प्रेमप्रकाश ओली र जाजरकोटका वेदराज सिंह रहेका छन्। 

यस्तो छ अन्य जिल्ला सभापति जित्नेहरुको सुचि।
शेरबहादुर देउवा पक्ष (संस्थापन)
१.शंकर गुरुङ – मनाङ
२. खडक बोहरा – बझाङ
३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ
४. मोहनविक्रम सिंह – हुम्ला
५. कान्छाराम तामाङ – रामेछाप
६. ऐनबहादुर शाही – मुगु
७. खमबीर गर्बुजा – म्याग्दी
८. केशबहादुर विष्ट – सल्यान
९. रुपनारायण जबेगु – पाँचथर
१०. नरेन्द्रबहादुर सिंह – डोटी
११. दीपेन्द्रबहादुर शाही – डोल्पा
१२. कर्णबहादुर शाही – जुम्ला
१३. तेजेन्द्र खनाल– ओखलढुंगा
१४. डा.टकराज गुरुङ – लमजुङ
१५. भीमबहादुर साउद – डडेल्धुरा
१६. रामकृष्ण खाँण – रुपन्देही
१७. युवराज जोशी – पर्वत
१८. डम्बर खड्का – इलाम
१९. किशोरदत्त बराल – कास्की
२०. तीर्थ लामा – काभ्रे
२१. जितेन्द्र श्रेष्ठ – ललितपुर
२२. पदम बोगटी – कञ्चनपुर
२३. खड्गबहादुर पोखरेल – सुर्खेत
२४. जितप्रकाश आले – तनहुँ

रामचन्द्र पौडेल पक्ष (संस्थापन इतर)
१. रोमी गौचन थकाली – मुस्ताङ
२. केशरमान रोका – रुकुमपूर्व
३. दीपक खड्का– संखुवासभा
४.नन्दप्रसाद न्यौपाने – गोरखा
५. विष्णु राई – खोटाङ
६.हिमालदत्त श्रेष्ठ –पाल्पा
७. राजु थापा – स्याङ्जा
८. किशोर आचार्य – रोल्पा
९. विष्णुकुमार गिरी – प्यूठान
१०. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम
११. विनोद बान्तवा – भोजपुर
१२. केशव श्रेष्ठ – अर्घाखाँची
१३. चतुरबहादुर चन्द – बैतडी
१४. बर्मा लामा – दोलखा
१५. अम्मबहादुर शाही – कालीकोट
१६. रामसिंह रावल – बाजुरा
१७. अर्जुनकुमार पोखरेल – नवलपरासी (पश्चिम)
१८. मणिराम रेग्मी – दैलेख
१९. शंकरप्रसाद डाँगी – दाङ
२०. रमेश महत – नुवाकोट
२१. सबुज कृष्ण बानियाँ – काठमाडौं
२२. रामनाथ अधिकारी – धादिङ
२३. खिलध्वज पन्थी – गुल्मी
२४. जितेन्द्रकुमार श्रेष्ठ – ललितपुर
२५. केदार भण्डारी – सुनसरी
२६. ललितसिंह बोहरा– दार्चुला

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार