शुक्रवार, आश्विन २३ गते २०८३

कमल थापाले दिए राजेन्द्र लिङ्देनलाई यस्तो चुनौती– ‘टुँडिखेलमा दौडौं, जसले जित्छ ऊ अध्यक्षको उम्मेदवार’

सोमवार , मंसिर १३, २०७८

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्रिक पार्टी (राप्रपा)को अध्यक्ष कमल थापाले आउँदो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। अध्यक्षमा उम्मेदवारी घेषणा गर्दै अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनलाई आफुलाई डौडमा हराउन चुनौती दिएका छन्।

राजेन्द्र लिङ्देन र धवलशम्शेर राणाले नेतृत्व लिन खोज्नु स्वागतयोग्य भएको भएपनि युवा पुस्ता भन्दै उम्मेदवारी घोषणा गरेकोमा उनले आपत्ति जनाएका हुन्। ‘युवा उमेर गनेर अध्यक्ष हुने हो भने आउनुस् टुँडिखेलमा दौडौं। दौडदा मलाई जित्नु भयो भने म अध्यक्षको उम्मेद्वार हुन्न, ’ उनले भने, ‘नयाँ जिम्मेवारी लिन्छु भन्नेले अग्रजलाई गाली गरेर, बदनाम गरेर, असफल भनेर नेतृत्व लिनु सम्भव छैन।

एकाध पटक चुनाव जित्दैमा लोकप्रिय भइदैन। बुद्धमान तामाङ, पशुपति शम्शेरले धेरै पटक जित्नु भएकै हो। पुरानो नेतालाई जनताले पत्याउदैन मलाई पत्याउनुपर्छ भन्ने हो भने पार्टी एकता हुँदैन। ’ पार्टीको अवस्था सबैभन्दा कमजोर बनाएको भन्दै यसलाई राष्ट्रिय पार्टी बनाउने उद्घोष गरेका छन्। आफूले सुरु गरेको काम अधुरै भएकोले पूरा गर्न अध्यक्षमा उम्मेदवारी दिएको थापाले बताए।

आफूलाई अध्यक्ष बनाउन पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेताहरु पशुपति शम्सेर जबरा, प्रकाशचन्द्र लोहनीको पनि साथ रहेको दाबी गरे।
महाधिवेशनमा राजेन्द्र लिङ्देनले पनि अध्यक्षको उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। उनलाई प्रभावशाली नेता मानिएका नेपालगंज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाको साथ छ।

सुरुमा मेयर राणापनि अध्यक्षको आकांक्षी रहेपनि  पार्टीको नेतृत्व युवा पुस्ताले लिनुपर्ने कुरामा एकमत भएर लिङ्देनलाई साथ दिने निर्णय गरेका छन्। पार्टी एकीकरणपछि राप्रपाको पहिलो महाधिवेशन मंसिर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ। दुई वर्षअघि राप्रपा र राप्रपा संयुक्त एकीकरण भएपछि थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीले अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार