काठमाडौं। एमालेको कार्यदलका सदस्य वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न गएका छन्। नेपाल निवास कोटेश्वरमा उनीहरु १० बुँदे सहमति बुझाउन गएका हुन् ।
पार्टीको विवाद समाधानका लागि गठित कार्यदलले आइतबार राति १० बुँदे सहमति गरेको थियो। नेपालसहितको उपस्थितिको स्थायी कमिटी बैठकबाट सो सहमति अनुमोदन गर्ने तयारी भइरहेका बेला सदस्यहरु नेपाललाई भेट्न गएका हुन्। तर, नेपाल भने कार्यदल सदस्यहरुले तयार पारेको सहमतिप्रति असन्तुष्ट छन्।
यसअघि कार्यदलका माधव नेपाल पक्षधर संयोजक भीम रावलले सोमवार साँझ बालुवाटार पुगेर ओलीलाई सहमतिको मस्यौदा बुझाएका थिए। नेता नेपाललाई पनि सहमति बुझाउनको लागि नेताहरु कोटेश्वर पुगेका हुन्।
एमालेले आजै १ बजे स्थायी कमिटी बैठक बोलाएको छ। सो बैठकमा माधव पक्षका नेताहरुको सहभागि हुने/नहुनेबारे केही बताइएको छैन्।