आइतवार, आश्विन २५ गते २०८३

मन्त्रीको टुंगो लगाउन जसपाले बोलायो बैठक

मंगलवार , आषाढ २९, २०७८

काठमाडौं। कांग्रेस नेतृत्वको गठबन्धन  सरकारमा जाने विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को यादव समूहले केन्द्रीय कार्यकारीणी समितिको बैठक बोलाएको छ। 

जसपाले उपलब्ध केन्द्रीय कार्यकारिणी समिती सदस्यहरुको बैठक  दिउसो १ बजे बोलाएको हो। जसपाका नेता मोहम्मद इश्तियाक राईले सरकारमा सहभागिता बारे छलफल गर्न उपलब्ध कार्यकारिणीको बैठक १ बजे बोलाइएको जानकारी दिए। 

सर्वोच्चको आदेश अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले आजै प्रधानमन्त्रीको शपथ गर्दै छन्। देउवा नेतृत्वमा जसपाबाट कम्तिमा एक जना मन्त्री बन्ने बुझिएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार