शनिवार, आश्विन २४ गते २०८३

बागमती सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

बिहिवार , मंसिर १६, २०७८

काठमाडौं। बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। गठबन्धनमा आवद्ध दलहरूका तर्फबाट बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलको संयोजक बनेका प्रदेशसभा सदस्य युवराज दुलालको टोलीले करिब एक महिनाको छलफल र अध्ययन पश्चात तयार पारेको सरकारको न्यूनतम कार्यक्रम बिहीबार सार्वजनिक गरिएको हो । 

सो कार्यक्रम आजै मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई हस्तान्तरण गरिएको छ।  कार्यदलले कोभिड-१९ को महामारीबाट प्रदेशवासी नागरिकको जीवन रक्षा, संविधानको सर्वोच्चता, कानूनी राज्य र सुशासनको प्रत्याभूति दिलाउने गरी सरकार सञ्चालन गरिने, संघीयताको कार्यान्वयनका लागि प्रदेश सरकारका माध्यमबाट सशक्त पहल गरी संवैधानिक क्षेत्राधिकार बमोजिम प्रदेशका अधिकारको प्रयोग र स्थानीय तहका अधिकार हस्तान्तरण गर्ने जस्ता कार्यक्रम प्राथमिकतामा राखेको जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार