बुधवार, आश्विन १४ गते २०८३

प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने कांग्रेस र माओवादीको तयारी

शुक्रवार , मंसिर १७, २०७८

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधिशविरुद्ध महाअभियोग लगाउने तयारी गरेका छन्। कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र)का सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद्मा महाभियोग लगाउने तयारी भइरहेको जानकारी दिएका हुन्।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सांसदद्वय अधिकारी र बिडारीले अदालतका कुनै पनि न्यायाधीश कानुनभन्दा माथि नभएको पुष्टि गर्न पनि प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउन ढिलाइ गर्न नहुने बताए।

नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद अधिकारीले महाभियोग लगाएर पदच्युत गर्नु संविधानसम्मत हुने भएकाले प्रधानन्यायाधीश जबराविरुद्ध संसद्मा महाभियोग लगाउन उपयुक्त हुने तर्क गरे। वरिष्ठ अधिवक्ता समेत रहेका सांसद अधिकारीले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाएर पदच्युत गर्न सकिने पर्याप्त आधार रहेको दावी समेत गरे। 

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का सांसद बिडारीले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन यही मंसिर २८ गते संघीय संसद् बैठक आह्वान गरिएको बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार