काठमाडौं । प्रधानमन्त्रीमानियुक्त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
सिंहदरबारमा भएको भेटमा सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल भएको जनाइएको छ । देउवा र प्रचण्डबीच सरकारमा सहभागी हुने दल, उनीहरुले पाउने मन्त्रालय लगायतका विषय टुंगो लागेपछि आफ्नो पार्टीबाट मन्त्रीको नाम तय गर्ने तयारी छ ।
माओवादीले पाउने मन्त्रालय र मन्त्रीहरुको नाम टुंगो लागिसकेको छैन । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कांग्रेस सभापति देउवासँग छलफल गरेर मात्रै पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको थियो ।
कांग्रेसको तर्फबाट पनि मन्त्री बन्नेहरुको नाम टुंगो लागिसकेको छैन । शेरबहादुर देउवाले आज शपथ ग्रहणसँगै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन् ।