काठमाडौं । विवाद समाधानका लागि गठित कार्यदलले नेता माधवकुमार नेपाललाई सहमतिपत्र बुझाएको छ । कार्यदलका सदस्यले मंगलबार वरिष्ठ नेता नेपाललाई कार्यदलस्तरमा भएको १० बुँदे सहमति बुझाएको हो ।
कार्यदलका सदस्यहरु भीम रावल, सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले बालुवाटार पुगेर नेता नेपाललाई सहमतिपत्र बुझाएका हुन् ।
कार्यदलले आइतबार राति पार्टीभित्रको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको थियो । कार्यदलमा जुटेको सहमतिपत्र सोमबार अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको थियो ।