काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा काँग्रेसबाट तत्काल दुई जना मन्त्री बन्ने भएका छन् ।
कांग्रेसका अनुसार गृहमन्त्रीमा बालकृष्ण खाँण तथा ज्ञानेन्द्र बहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने जनाइएको छ ।
यस्तै सत्ता साझेदार नेकपा माओवादी केन्द्रबाट अर्थ मन्त्रीमा जनार्दन शर्मा तथा ऊर्जा मन्त्रीमा पम्फा भुषालले सपथ लिने सो पार्टीले जनाएको छ । खाँड यसअघि रक्षा र सिँचाइमन्त्री भइसकेका छन् भने कार्की उर्जा तथा जलस्रोत मन्त्री भइसकेका छन् ।
त्यस्तै जनता समाजवादी पार्टीले आज मन्त्रीको नाम नपठाउने भएको छ । जनता समाजवादी पार्टीको सोमबार ललितपुरमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको अनौपचारिक बैठकले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने निर्णय गरेको हो ।