बिहिवार, आश्विन १५ गते २०८३

कोरियामा कामदारको ज्याला ५.१ प्रतिशतले वृद्धी हुने

मंगलवार , आषाढ २९, २०७८

काठमाडौं । दक्षिण कोरियाले सन् २०२२ का लागि कामदारको ज्याला वृद्धि गर्ने निर्णय गरेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिले अहिलेको ज्यालामा ५.१ प्रतिशत बढाएर प्रतिघण्टा ९ हजार १ सय ६० वन (९ सय रुपैयाँ) बनाएको हो ।

मासिक रुपमा कामदारको न्यूनतम तलब १९ लाख १४ हजार ४ सय ४० ( करिब १ लाख ९० हजार नेपाली रुपैयाँ) वन प्राप्त गर्ने छन् । ओभर टाइम र सार्वजनिक बिदाको समयमा काम गर्दा अतिरिक्त भत्ता पाउनेछन् ।

यो निर्णय गर्दा मजदुर युनियन र उद्योगी दुवै पक्षले विरोध गरिरहेका छन् । ज्याला निर्धारण समितिमा मजदुर युनियन, उद्योगी र सार्वजनिक क्षेत्रका ९÷९ जना सदस्य रहने व्यवस्था छ । 

मजदुर युनियनले प्रतिघन्टा १० हजार वन हुनुपर्ने माग राख्दै आएका छन् भने उद्योगीहरुले कोरोना महामारीका कारण उद्योग धन्दा चल्न नसकेको कारण अहिलेको तलबमा १.५ प्रतिशत मात्रै बढाएर ८ हजार ८ सय ५० वन बनाउन प्रस्ताव राखेका थिए ।

धेरै पटकको बैठकमा पनि निष्कर्ष ननिस्किएपछि हिजो भएको बैठकमा उद्योगी र मजदुर युनियनका प्रतिनिधिले विरोध जनाउँदै बैठक छाडे पनि मतदानका आधारमा निर्णय गरेको हो । 

सरकारी र सार्वजनिक क्षेत्रका प्रतिनिधिले मात्रै मतदान गरेको थिए । समितिले गरेको ज्याला निर्धारण श्रम र रोजगार मन्त्रालयले आगामी अगस्टसम्म अनुमोदन गरेर जनवरी १ देखि लागू गर्नेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार