काठमाण्डौं । ४२ औँ विश्व पर्यटन दिवसकाे उपल्क्षमा कागेश्वरी धाममा लायन्स कल्व अफ काठमाण्डौं, कागेश्वरी मानेहरा जिल्ला ३२५० काे समन्वयमा नेपाल प्रर्यटन बोर्ड र कागेश्वरी मनहराका नगरपालिकाद्धारा आयाेजित बृक्षराेपरण समपन्न भएकाे हाे ।
अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन । नेपाल एउटा पर्यटकीय गन्तव्य हो, हिमश्रृख्लाहरु, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधता लगायत शान्तिप्रिय वुद्धभुमीका शालीन हामी नेपालीहरु नै नेपालको गहना हो ।
विश्व पर्यटन दिवसका अवसरमा कार्यक्रममा सभापती कागेश्वरी मनहराका नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, विशिष्ट अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, हसचिव राजेन्द्र कुमार के.सि, नेपाल प्रर्यटनका महानिर्देशक हाेम प्रसाद लुइटेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) धन्नजय रेग्मी, उप-प्रमुख शान्ता थापा, मुख्य प्रशासकिय अधिकृत अजय बर्तौला, अतिथिहरु कागेश्वरी मनहराका नगरपालिकाका जन प्रतिनिध सञ्चारकर्मि तथा स्थानियकाे उपस्थिति रहेकाे थियाे ।
विशिष्ट अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कागेश्वरी धामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिने बताउनु भयाे । नेपालमा घुमन आउने आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन नै यो क्षेत्र बचाइराख्ने विकल्प हो भन्नु भयाे । उपत्यकाकाे शुन्दर नगरि यस क्षेत्रलाई बनाउन नेपाल सरकारकाे तर्फबाट बिशेष पहल गरिने बताउनु भयाे ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) धन्नजय रेग्मीले साे कार्यक्रमा भन्नु भयाे सरकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रको सहकार्यमा अगाडि बढ्ने बताउनु भयाे । गरेको छ। के सरकारले भनेजस्तै गरी पर्यटन गन्तव्यको प्रचार तथा नयाँ गन्तव्यको विकास भइरहेको छ।
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नयाँ गन्तव्य पहिचान गर्ने, प्रचार गर्ने कुनै कार्ययोजना अगाडि बढाइएको छ ? सरकारले सन् २०२५ भित्र कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याउने लक्ष्य पनि लिएको छ।
विश्व पर्यटन दिवसका अवसरमा कार्यक्रमका सभापती कागेश्वरी मनहराका नगरपालिकाका प्रमुख कार्कीले भन्नु भयाे, कागले छोएमा र शरीरमा कागको विष्टा परेमा अशुभ भयो भनी दोष मुक्तिको उपाय खोजी गर्ने प्रचलन प्राचीनकाल देखि हाम्रो समाजमा रहेको पाइन्छ ।
यो दोषबाट मुक्तिको पहिलो उपायका रुपमा राजधानीको उत्तरपूर्वी भेगमा रहेको कागेश्वरी महादेवको दर्शन हो भन्ने मान्यता छ ।
सत्य युगमा वन विहार गर्न निस्कनु भएका भगवान् महादेव धेरै दिनसम्म कैलाश फर्किएनन् । खोज्न निस्किएकी माता पार्वतीले धेरै तिर भौतारिँदा पनि महादेवलाई भेटिनन् ।
भगवती पार्वती निराश भएर कैलाश फर्कनै लाग्दा त्यति नै बेला चिसो काग अहिले कागेश्वरी महादेव रहेको स्थानमा ध्यानमग्न महादेवलाई आफ्नो चुच्चोमा च्यापेको जल चढाउन का…का… गरेर कराएको सुनियो । माता पार्वतीले उक्त स्थानमा के रहेछ ? भनी हेर्दा भगवान् महादेवलाई फेला पारेको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
वर्षभर कागले छोएका मानिस भाद्र शुक्ल अष्टमीका दिन पूजा आराधना एवं दर्शनका लागि यहाँ आउने गर्छन् । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा रहेको काक गङ्गेश्वर घाटमा स्नान गरी यहाँकाे जल लिएर जाने गर्छन् । यसै मान्यताका आधारमा हजारौँ भक्तजनको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी धाममा भीड लागेको छ ।
आज हामिलाई धेरै हाैसला प्रदान भएकाे छ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी ज्यू, महसचिव राजेन्द्र कुमार के.सि ज्यू, नेपाल प्रर्यटनका महानिर्देशक हाेम प्रसाद लुइटेल ज्यू, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) धन्नजय रेग्मी ज्यू यस सभामा उपस्थित हुनु भएकाे छ ।
नेपाल सरकारबाट यस क्षेत्रलाई प्रचार प्रचार र सहयाेगकाे आवश्यक अपरिहार्य रहेकाे जानकारी दिनु भयाे । यस कागेश्वरी धाम हुदै धेरै पर्यटक पैदल यात्री आउने जाे गर्छन् । स्थानिय सरकारले यस क्षेत्रमा लगानी कर्तालाई आहान गर्न चाहान्छु । तपाईहरु याेजना बनाउनुस् म यस क्षेत्रमा जग्गा उपलब्ध गराउछु भन्नु भयाे ।
काठमाडौंको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका – १ मा रहेको कागेश्वरी महादेव मन्दिर जाने सिँढीको क्षेत्रमा वृक्षरोपण गरिएको हाे । कागेश्वरी धामको विकासका लागि चालु आर्थिक बर्षमा कागेश्वरी मनहराका नगरपालिकाले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाकाे सर्क्षण र पुन: निर्माणका लागि करिव २ कराेड बजेट विनियोजन गरेको छ ।
गोकर्ण–तारेभीर, सुन्दरीजल–कागेश्वरीधाम, लोकतान्त्रिक शहीद उद्यान–मणिचुड, बज्रयोगिनी–जहरसिंहपौवालाईं पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ काम भइरहेको मेयर कार्किले जानकारी दिनु भयाे ।
कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मेला लाग्ने गर्छ । यस दिन यहाँको महादेव मन्दिर पूजा आराधना गरेमा काग स्पर्शबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ ।