बिहिवार, कार्तिक ६ गते २०८३

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

बिहिवार , कार्तिक ६, २०८३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार