बिहिवार, कार्तिक ६ गते २०८३

यसरी मनाइयाे पाँचौँ राष्ट्रिय झण्डा दिवस (फोटो)

शुक्रवार , पौष १, २०७९

काठमाडौं। संयुक्त राष्ट्र सङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज पाँचौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवसका रुपमा मनाइन्छ। शुक्रवार काठमाडौंको माइतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर र्यालीसमेत गरिएको  । 

कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात् २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्र सङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताए।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार