बिहिवार, कार्तिक ६ गते २०८३

नेपाल र भारतबीच संयुक्त सैन्य अभ्यास रुपन्देहीमा सुरु

शुक्रवार , पौष १, २०७९

काठमाडौं। नेपाल र भारतबीच संयुक्त सैन्य अभ्यास सुरु भएको छ। अभ्यास सूर्यकिरण नाम दिइएको अभ्यास रुपन्देहीको सालझुण्डीमा शुक्रबार सुरु भएको हो ।

नेपाली र भारतीय सेनाबीच हुने सैन्य अभ्यास ‘सूर्यकिरण’को यो १६औं संस्करण हो । सैन्य अभ्यासमा नेपाली सेनाका तर्फबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना फौज सहभागी रहेका छन् ।

भारतीय सेनाको तर्फबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना फौज सहभागी छन्। सैन्य अभ्यासको सालझुण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कुलमा मध्य पश्चिम पृतनापति उपरथी यामप्रसाद ढकालले शुभारम्भ गरे। गतवर्ष सैन्य अभ्यासको १५ औं संस्करण भारतको पिथौरागढमा भएको थियो ।

नेपाल र भारतका फौजबीच २०६७ देखि संयुक्त सैन्य अभ्यास हुँदै आएको छ ।

अभ्यास सूर्यकिरण प्रतिआतंकवाद, युद्धकला, मानवीय सहायता, प्रकृति प्रकोप, पर्यावरण संरक्षणमा केन्द्रित हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार