काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह विकास निर्माणको आधार स्तम्भ बन्नुपर्ने बताएका छन्।
ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहले जनताको मन छुनुपर्ने बताए।
प्रधानमन्त्री देउवाले भने, ‘संविधानले स्थानीय तहलाई विकास निर्माणको आधार स्तम्भ हो । यहाँका जनप्रतिनिधिले नमूना नगरको रुपमा विकास गर्ने भूमिका खेल्नुहुनेछ भन्ने विश्वास लिएको छु । महानगरपालिका भित्र राष्ट्रिय गौरवका धरोहर छन्। यिनीहरूको संरक्षण जरुरी छ ।’
स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताए। ने
पालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको देउवाको भनाइ छ। उनले भने, ‘नागरिक नजिकको सरकार भएकाले स्थानीय तहको कामकारबाही जनमुखी, पारदर्शी, परिणाममुखी र नागरिक जवाफदेही हुनुपर्छ।