बिहिवार, कार्तिक ६ गते २०८३

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले मन्त्रालयबाट पूर्व स्वीकृति लिएर मात्रै विदा बस्न पाउने

सोमवार , पौष ४, २०७९

काठमाडौं। स्थानीय तहका प्रमुख प्रशाशकीय अधिकृतहरुले विदा बस्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति अनिवार्यए लिनुपर्ने भएको छ। 

मन्त्रालयले ७५३ वटै स्थानीय तह ७७ वटै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै मन्त्रालयबाट बिदा स्वीकृत गराएर मात्रै बिदा बस्न निर्देशन दिएको हो ।

मन्त्रालयले ७७ जिल्ला समन्वय समिति र सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै अबदेखि मन्त्रालयको पूर्व स्वीकृति बिना जिल्ला र कार्यक्षेत्र नछाड्न भनेको हो ।

मन्त्रालयले जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले बिना जानकारी बिदामा बस्दा सेवा प्रवाहमा समस्या देखिएको गुनासो आएपछि यस्तो निर्देशन दिएको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार