बिहिवार, कार्तिक ६ गते २०८३

प्रहरीका २३ एसपीको सरुवा, ८ जिल्लाका कमाण्डर फेरिए (सूचीसहित)

सोमवार , पौष ४, २०७९

नेपाल प्रहरीका २३ जना प्रहरी उपरिक्षकहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले जारी गरेको सूची अनुसार ८ वटा जिल्लामा कमाण्डर फेरिएका छन् ।

प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीलाई जिल्ला प्रहरी कार्यालय झापामा सरुवा गरिएको छ । पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, सिन्धुलीमा राजकुमार सिलवाल र बाँकेमा सन्तोष सिंह राठौरलाई काज सरुवा गरिएको छ ।

कैलाली जिल्ला इन्चार्जमा देवेन्द्र बहादुर पाल र सुर्खेतमा योगेन्द्र्र सिंह थापालाई काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

ट्राफिक व्यवस्थापन कार्यालय बारामा सन्तोष कुमार भट्टराई, नेपाल प्रहरी विशेष कार्यदलमा सुधिर राज शाही र सोमेन्द्र सिंह राठौरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ ।

राठौर कैलाली जिल्लाबाट अपराध अनुसन्धान कार्यालयमा सरुवा भएका हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार