बिहिवार, कार्तिक ६ गते २०८३

कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराज आज जेलमुक्त हुँदै

शुक्रवार , पौष ८, २०७९

काठमाडौं । हत्या अभियोगमा करिब दुई दशकदेखि केन्द्रीय कारागारमा रहेका कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराज थप एकदिन जेलमा पाहुनाका रूपमा बस्ने भएका छन् ।

सुन्धारास्थित केन्द्रीय कारागारले शोभराजलाई बिहीबार नै छाड्ने सबै प्रक्रिया पूरा गरे पनि अध्यागमनका कोठा तयार नहुँदा उनी एकदिन जेलमै राखिने केन्द्रीय कारागारका जेलर ईश्वरप्रसाद पाण्डेले जानकारी दिए ।

सर्वोच्च अदालतको बुधबार र काठमाडौं र भक्तपुर अदालतको बिहीबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त हुने भएका हुन् । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले दिएको आदेशपछि उनको जेलमुक्त हुने बाटो खुलेको थियो ।

कारागार नियमावली, २०२० ले ६५ वर्ष उमेर पुगेका कैदीलाई ‘असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको नहुने अवस्थामा पुगेको कैदीलाई ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने’ व्यवस्था गरेको छ ।

यस्तो सुविधा विदेशी नागरिकले समेत पाउने व्याख्या गर्दै सर्वोच्च अदालतले अहिले १९ वर्ष ९९५ प्रतिशत० कैद भुक्तान गरिसकेका शोभराजलाई पनि थुनामुक्त गर्न आदेश दिएको हो । सोही फैसलाको आधारमा शोभराजविरुद्ध मुद्दा चलेको भक्तपुर अदालतले सर्वोच्चको फैसला कार्यान्वयनका लागि कारागारलाई पत्र पठाएको थियो ।

तर, शोभराजविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि ज्यान मार्ने उद्योग र जाली राहदानीको कसुरका दुई मुद्दा देखिएपछि कारागार व्यवस्थापन विभागले यस’दयगत आवश्यक निर्णय गरिदिन काठमाडौं अदालतलाई अनुरोध गरेकोमा अदालतले सर्वोच्चको आदेशबमोजिम गर्न भनेपछि रिहाइ प्रक्रिया अघि बढेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार