बिहिवार, कार्तिक ६ गते २०८३

गठबन्धनको बैठक बस्दै, त्यसअघि माओवादीको बैठक पनि बोलाईयो

सोमवार , पौष ११, २०७९

प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका दलहरु)को गठबन्धनको बैठक बोलाइएको छ । बैठक संसद भवन बिहान ११ बजे बस्नेछ। नयाँबानेश्वरमा बस्नेछ ।

आइतबार प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । त्यसै विषयमा सत्ता गठबन्धनको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

त्यसअघि आजै नेकपा माओवादी केन्द्रको  पदाधिकारी बैठक आज बस्दैछ । 
बैठकमा सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल हुने बताईएको छ।

माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार