काठमाडौं। रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उप-प्रधानमन्त्री सहित ३ मन्त्रालयमा दाबी गरेको छ। पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा माओवादी एमाले नेतृवको गठबन्धनको सरकारमा सहभागि हुदैछ ।
लामिछानेले उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेको श्रोतले बताएकोछ। यद्यपी माओवादीले भने उपप्रधानमन्त्री नारायाणकाजी श्रेष्ठलाई बनाउने निणर्य गरेको छ।
अहिले नयाँ बानेश्वरस्थित संघीय ससंद् भवनमा बसिरहेकको सत्ता गठबन्धनको बैठकपछि कुन पार्टीले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेपछि सबै कुरा स्पष्ट हुने बताइएको छ ।
उनले रास्वपाले कुन मन्त्रालयले पाउने भन्ने टुंगो लागेपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पार्टीले तय गर्ने जानकारी दिए। प्रतिनिधिसभामा रास्वपा २० सिटसहित चौथो ठूलो दल बनेको छ ।