बिहिवार, कार्तिक ६ गते २०८३

प्रचण्डसँगै तीन उपप्रधामन्त्रीले पनि शपथ लिने पक्का

सोमवार , पौष ११, २०७९

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अरु तीन उपप्रधानमन्त्रीले पनि शपथ लिने भएका छन् । नेकपा एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिने निश्चित भएको हो ।

एमालेका पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालय पाउने निश्चित हुँदा रास्वपाका लामिछानेले गृह मन्त्रालयमा दाबी गरिरहेका छन्।  

माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठको मन्त्रालय टुंगिएको छैन । अहिले मन्त्रालय भागबण्डाका लागि सातदलीय गठबन्धनमा छलफल भईरहेको छ ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सपथ ग्रहण आज अपरान्ह ४ बजे राखिएको छ ।  सपथ ग्रहणलगत्तै आजै तत्कालका लािग सानो मन्त्रिमण्डल पनि घोषणा हुन लागेको हो ।

जारी वगठबनधन बैठकमा केही महत्वपूणर् मन्त्रालयमा एमाले र माओवादीले बाँडफाँड गरेर मन्त्रिमण्डल बनाउने गरी कसरत भईरहेको जनाइएको छ ।  

प्रचण्डलाई नेकपा एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी १२, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४ र ३ स्वतन्त्रसहित १६९ सांसदले समर्थन गरेका छन् । कांग्रेससँगको सत्ता बाँडफाँडमा कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रसरतामा नयाँ समीकरण बनेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार