काठमाडौं। प्रदेश १ का नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार विराटनगरस्थित प्रदेशसभा हलमा ९२ जना सांसदको शपथग्रहण सम्पन्न भएको हो ।
उनीहरुलाई ज्येष्ठ प्रदेशसभा सदस्य गयानन्द मण्डलले शपथग्रहण गराए। त्यसअघि मण्डलले प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएका थिए। प्रदेश १ मा ९३ जना सांसद रहेका छन् ।
तीमध्ये मण्डलले सुरुमा प्रदेश प्रमुखबाट शपथ लिएका हुन्। त्यसपछि उनले ९२ जनालाई प्रदेशसभा हलमा शपथ खुवाए।