काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने बताएका छन्।
शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै उहाँनले यसपटक भाषण कम गर्ने बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्दै जाने प्रतिवद्धता गरेको पनि बताए।
सुशासन कायम गर्न, भ्रष्टाचार र बेथिती अन्त्य गर्न आफूले पहिलो मन्त्रिपरिषद बैठकबाटै निणर्य गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई सास्तीबाट मुक्त राख्ने आफ्नो प्रयास हुने उनको भनाई छ।
उनले भने, 'मैले यो पटक हरेक दिन देशको पक्षमा,जनताको पक्षमा,सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छ । तपाई चितवनबासीलाई थाहा छ,मैले बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने भनेको छु । म यो कार्यकालमा धेरै भाषण गर्ने पक्षमा छैन ।'