शुक्रवार, आश्विन २३ गते २०८३

सिडिओहरूलाई गृहमन्त्रीको निर्देशन- शितलहर र प्रकोपबाट जनतालाई बचाउनू

सोमवार , पौष १८, २०७९

काठमाडौं। उप-प्रधान एवं गृहमन्त्री रवि लामिछानेले चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्न ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन्।

सोमबार बिहान प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखहरुसँग भएको भर्चुअल बैठकमा लामिछानेलेसकेसम्म छिटोछरितो ढंगले जनताका काम गर्न सीडीयो र  प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका हुन्। 

त्यसक्रममा उनले मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्था बुझेका थिए । 

गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले गृहमन्त्री लामिछानेले सहज ढंगले जनताको काम गर्न सीडीयो र सुरक्षा अधिकारीलाई निर्देशन दिएको बताए। 

साथै उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए।

‘विपदका समयमा प्रत्यक्ष उपस्थिति र प्रभावकारी सञ्चारले ठूलो महत्त्व राख्छ । शीतलहरबाट कुनै नागरिकले क्षति व्यहोर्नु नपरोस् भन्ने विषयलाई हृदयंगम गरी आवश्यक पूर्व तयारी एवं प्रतिकार्यका लागि तयार होऔं ।’ लामिछानेले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार