शनिवार, आश्विन २४ गते २०८३

गृहमन्त्रीले बुझे मिटरब्याजी पीडितको समस्या समाधान गर्ने कानुनी मस्यौदाको प्रस्ताव

मंगलवार , पौष १९, २०७९

काठमाडौं। मटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले मिटरब्याजी अपराधलाई प्रत्यक्ष कानुनी दायरामा ल्याउन कानुनको मस्यौदा प्रस्ताव उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको छ ।

यसअघि भदौ २७ गते नै सो समितिले तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गत साउन २७ गते गृहमन्त्रीस्तरीय निणर्यबाट गठित मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले मिटरब्याजी अपराध नियन्त्रणका उपायहरूको सिफारिससहित गत भदौमै प्रतिवेदन पेस गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार