काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टी तत्काल सरकारमा सहभागी नहुने भएको छ । काठमाडौंमा भएको पोलिटव्युरो बैठकले तत्काल सरकारमा नजाने निणर्य गरेको पार्टी प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए। त्यसका लागि गठबन्धनमा आबद्ध दलहरूबारे पार्टीले अध्ययन अनुसन्धान गर्ने उनले बताए।
सरकारमा सहभागी हुने विषयमा औपचारिक प्रस्ताव अहिलेसम्म नआएको बताउदै खतिवडाले खतिवडाले सरकारमा सहभागी हुने नहुने विषयमा निणर्य गर्ने अधिकार सचिवालयलाई दिइएको पनि बताए।
यस्तै पार्टीले वामपन्थी एकताको पहल गर्ने निणर्य गरेको छ । बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले वामपन्थीहरुको बीचमा एकता र सहकार्य केन्द्र भागमा रहेर काम गर्ने निणर्य गरेको बताए। जसपासहित सबै वामपन्थी शक्तिलाई एकजुट बनाउन पहल गर्ने उनको भनाई छ ।