काठमाडौं। पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारको एक घरमा आगलागी हुँदा दुुई जनाको मृत्युभएको छ । बुधबार बिहान साढे १ बजे लागेको आगलागीमा परि घरधनी मेघबहादुर गुुरुङसहित अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा मेघबहादुका २२ वर्षीय छोरी ममता गुरुङ र २३ वर्षकी बुहारी आशासिंह थेबे (गुरुङ) रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको हो ।
५५ वर्षीय मेघबहादुर गुरुङ र उनका छोरा विजेन्द्र गुरुङ घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । सो घरमा सात जना सुतेका थिए ।
जसमध्ये तीन जनाले भागेर ज्यान बचाउन सफल भएका छन् । आगलागीबाट घर पूणर् क्षति भएको छ । आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन ।
स्थानीयसँगै प्रहरी चौकी तमाखेबाट खटेको टोलीले आगो नियन्त्रणको प्रयास गरेपनि निभाउन सम्भव नभएको बताईएको छ । घटनामा ५० लाख रुपैंयाभन्दा बढीको आर्थिक क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।