काठमाडौं । बर्दियामा करेन्ट लागेर दश वर्षीय बालकको मृत्यु भएको छ ।
गुलरिया नगरपालिका-७ मनकामना टोलस्थित अफ्नो ठुलो मम्मीको घरमा बस्दै आएका मधुवन नगरपालिका-८ का बालक हार्दिक बिकको करेन्ट लागेर आज बिहान मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका बालकको बर्दिया अस्पतालमा उपचारका क्रममा आज बिहान ८ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी स्रतका अनुसार आज बिहान ७ बजेर ३५ मिनेटको समयमा खेल्ने क्रममा घरको टिनको छानामा चढेका बेला बालकलाई करेन्ट लागेको हो ।