काठमाडौं । नारायणी नदीको पुलबाट सवारीसाधन आवतजावत हुन थालेका छन् । नारायणी नदीमा आएको बाढीले क्रुजसिप बगाएर पुलमा अड्काएपछि सवारीसाधन आवतजावतमा रोक लगाइएको थियो ।
आइतबार नारायणी नदीको बाढीले राइनो क्रुजसिप बगाएर लगेकोमा पुलमा अड्किएको थियो । त्यसपछि यातायता अवरुद्ध भएको हो ।
पुलमा अड्किएको क्रुजसिप पुललाई क्षति नहुने गरी निकाल्ने प्रयासको लागि प्राविधिक स्तरको छलफल थालिएको छ । पुलबाट सवारीसाधनहरू आवतजावत भइरहेका जानकारी दिइएको छ ।