सोमवार, आश्विन १२ गते २०८३

ललितपुरको धापाखेलमा पहिरो, साढे ३ तलाको घर ढल्यो

सोमवार , आश्विन १२, २०८३

काठमाडौं । ललितपुरमा पहिरोले एउटा घर ढलेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २४ स्थित घर पहिरोले ढालेको हो ।

ललितपुर महानगरपालिकाका नगर प्रहरी विज्ञ सिताराम हाछेथुले धापाखेलमा पहिरोमा परी सिंगै घर ढलेको जानकारी दिए ।

पहिरोमा परी ढलेको घर मन्जु कुमारी राईको रहेको हाछेथुले बाह्रखरीलाई जानकारी दिए । उनका अनुसार धापाखेलस्थित प्रगति टोलमा रहेको राईको साढे ३ तलाको घर पहिरोमा परेको हो ।

सोमबार बिहान ५स्३८ बजे पहिरोमा परी घर ढलेको उनले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार