काठमाडौँ । काठमाडौं उपत्यका जारी लकडाउन साउन १० सम्मका लागी थपिएको छ । तर लकडाउन लम्ब्याइएको भएपनि जनजिवन सहज बनाउन लकडाउन थप कुकुलो बनाउँदै लगिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहिबारको बैठकले बैसाख १६देखी बन्द रहेको लामो दुरीको सवारीलाइृ पनि सञ्चालन अनुमति दिने निर्णय गरेको छ ।
त्यस्तै साउन १ गतेदेखि लागू हुने नयाँ व्यवस्था अनुसार अत्यावश्यक कामले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार जारी आदेशमा उल्लेख छ ।