मंगलवार, आश्विन १३ गते २०८३

एमाले संसदीय दलको बैठक आज बस्दै

शुक्रवार , श्रावण १, २०७८

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन्। साउन ३ गतेलाई संसद बैठक बोलाइएपछि पुनर्स्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको भट्टराईले बताए।

बैठकमा माधव नेपाल पक्षका सांसदसहित पार्टीका सबै १२१ सांसदलाई बोलाइएको बताइएको छ । तर, बैठकमा माधव नेपाल पक्ष नजाने भएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार