शुक्रवार, कार्तिक ७ गते २०८३

एमाले संसदीय दलको बैठक बानेश्वरमा जारी 

शुक्रवार , श्रावण १, २०७८

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक बानेश्वरमा बसीरहेको छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्षका सांसदहरु उपस्थित छैनन् । 

दलको बैठकअघि स्थायी कमिटी बैठक पनि बसेको थियो । तुलसीलाल स्मृति भवन च्यासलस्थित बैठक स्थल पुगेर नेपालपक्षका नेताहरुले संसदीय दल र स्थायी कमिटी बैठक स्थगित गरेर अनौपचारिक छलफल अगाडि बढाउन आग्रह गरेका थिए । 

तर, ओलीले उनीहरुको आग्रहलाई बैवास्ता गर्दै स्थायी कमिटी बैठकबाट महत्वपूर्ण निर्णय गराएका छन् । बैठकले एकताका लागि कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल विघटन गरेको छ । 
साथै शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय पनि गरेको छ ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार