काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको परमादेशविरुद्ध भण्डाफोर अभियान संचालन गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलको बैठकले संसद पुनर्स्थापनासहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेशविरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय गरेको हो ।
सर्वोच्चले मुलुकलाई निर्दलीय व्यवस्थातिर धकेल्ने गरी फैसला गरेको भन्दै एमालेले जनतामाझ गएर भण्डाफोर गर्ने निर्णय गरेका जनाएको छ ।
विघटित संसदलाई पुनःस्थापित गरेको मात्रै भए स्वीकार्ने तर दलबाट अर्को दलका नेतालाई सघाउन जाने प्रवृत्तिलाई पनि स्वीकार्ने गरी फैसला आएकोले यस्तो निर्णय गरेको जनाएको छ ।