काठमाडौं। कतारका सफल युवा व्यवसायी एवम् गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी सचिव प्रवीन गुरूङ सम्मानित भएका छन् ।
नेपाल पर्यटन बोर्डमा न्यूज लाईन्स् नेपाल डटकमको सतौँ वार्षिकोत्सव तथा“ पर्यटन प्रवर्द्धनमा सञ्चार माध्यमको भूमिका“ विषयक विचार, गोष्ठी तथा सम्मान कार्यक्रममा गुरुङ सम्मानित भएका हुन्।
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यता तथा राजनीतिज्ञ, पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं माननीय सांसद अर्जुननरसिंह केसीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा सम्मानित एनआरएनए आईसीसी सचिव गुरुङ कतारमा रहेर व्यवसाय र सामाजिक अभियानमा क्रियाशील व्यक्ति हुन्।
गुरुङ त्यहाँस्थित नेपालीहरूलाई पर्ने विभिन्न समस्या पिरमर्कामा सधैँ सहयोग गर्ने गर्दछन्। कतारका सफल व्यवसायी तथा सामाजिक अभियन्ता गुरुङलाई उनले गरेको सामाजिक कार्यको मूल्यांकन गर्दै रेग्मीले सम्मान गरेका हुन्।
सम्मान पाएपछि गुरुङले आफूले निःस्वार्थ भावनाले समाजसेवा गर्दै आएको बताउँदै यो सम्मानले अझै थप सामाजिक कार्य गर्न उत्साहित बनाउको बताए।
गुरुङले आफूलाई योग्य सम्झिएर सम्मान गरेकोमा आयोजक तथा पूर्व प्रधानन्यायाधीश रेग्मीलाई बिशेष धन्यवाद दिए।