काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेता पार्टीमा नरहने निर्णय गरेको छ । एमाले स्थायी कमिटी बैठकले जस्तोसुकै परिस्थितिमा पनि देउवालाई समर्थन नगर्ने भन्दै यदी कसैले देउवालाई मत दिए पार्टीमा नरहने निर्णय गरेको हो ।
बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताए । प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिंदैछन् ।
यसअघीनै देउवालाई विश्वासको मत दिने आश्वासन दिसकेको एमाले माधव समुहमा पनि छलफलमा छन् ।