यातायात मजदुरहरूले बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन् । यातायात मजदुरहरूले ट्राफिक नियमविरुद्ध प्रदर्शन गरेका हुन् । बीच सडकमा सवारी साधन तेर्साएर बालाजु चोकमा मजदुरहरू प्रदर्शनमा उत्रिएका छन् ।
जसका कारण यातायात सेवा नै अवरुद्ध बनेको थियो । ट्राफिक नियम मजदुरमैत्री नभएको भन्दै बालाजु चोकदेखि माछापोखरीसम्म सडक अवरुद्ध भएको हो।
ट्राफिकले मनपरी चिट काटेको मजदुरहरूको गुनासो छ । उनीहरूले गौशाला, चक्रपथलगायतका स्थानमा सडकमै गाडी तेर्साएर ट्राफिकले मनपरी गरेको भन्दै प्रदर्शन गरेका छन् ।
ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको भ्यानमा आगजनी गरेका छन् ।
बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरी भ्यानमा आगजनी गरेका हुन् ।
अन्दोलनकारीहरुले मुल सडकमै प्रहरीको एउटा गाडी जलाएका छन् भने अर्को एउटा गाडी तोडफोड गरेर सडकमै लडाइदिएका छन् ।