बुधवार, कार्तिक ५ गते २०८३

यातायात मजदुरहरूको आन्दोलन स्थगित, सार्वजनिक यातायात चल्ने

मंगलवार , फाल्गुण २, २०७९

काठमाडौं। यातायात मजदुरहरू र सरकारबीच भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालयका सदस्य विजय गौतमले जानकारी दिए ।

आजको उपत्यकाको सार्वजनिक सवारीको बन्द फिर्तासँगै भोलिदेखि आह्वान भएको देशव्यापी आन्दोलन समेत फिर्ता भएको अखिल नेपाल स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीम ज्वालाले बताए ।

यसअघि मजदुर सङ्गठनहरूले १० बुँदे माग राख्दै ११ गतेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार