काठमाडौं। तुलसादेवी हरिहर फाउन्डेसनलाई नेपाली महिला समाज कतारबाट सहयोग प्राप्त भएको छ।
अनाथ बाल बालिकाको संरक्षण गर्दै आएको फाउन्डेसनलाई समाजले मंगलबार एक कार्यक्रमका साथ आश्रमका अरु बालबालिका, अनाथ बृद्धबृद्धा तथा समाजसेवी र शुभचिन्तकहरुको उपस्थितिमा नेपाली महिला समाज कतारकी कोषाध्यक्ष सरिता चिलुवाल पोखरियालले ७५ हजार रकम हस्तान्तरण गरेकी हुन्।
ललितपुरको नख्खुडोलमा रहेको तुलसालदेवी अनाथ आश्रममा ४० जना बच्चा,अपांग,बृद्धबृद्धालाई अध्यक्ष सरु सुवेदीले आफ्नै घरमा लालनपालन गर्दै आएकी छिन्। आश्रमका बालबालिका तथा बृद्धबृद्धाहरुलाई गरेको लालन पोषण र संरक्षण देखेर आफूहरूले पनि केही गर्नुपर्छ भन्ने सन्देशका साथ सो सहयोग बितरण गरिएको कोषाध्यक्ष चिलुवालले बताईन्।
सहयोग हस्तान्तरण कार्यक्रममा एनआरएनए आईसीसी सदस्य,नेपाली ब्यावसायी संघ कतारका सचिव, युवा उद्दमी महासंघ मध्यपूर्वका अध्यक्ष समाजसेवी पुर्ण पोखरियाले अनाथ आश्रमका बालबालिका तथा आमा बाहरूलाई सम्झिएर आफ्नो तर्फबाट पनि सहयोग गरेको जनाउदै तुलसालय परिवारको कार्यको प्रशंसा गरे ।
पोखरियाले फाउन्डेसनका अध्यक्ष सरु सुवेदीको कार्य देखेर आफू भावविह्ल भएको जनाउदै उक्त संस्थालाई आफूले निरन्तर सहयोग जारी राख्ने र अन्य सामाजिक व्यक्तित्वहरूलाई पनि सहयोग गर्न आग्रह गरे ।
सो आश्रम सञ्चालक संस्था तुलसादेवी हरिहर फाउन्डेसनका अध्यक्ष सरु सुवेदीले अनाथहरू पनि समाजमा कोही छन र उनीहरूले पनि माया पाउनुपर्छ भन्ने सन्देश दिनका लागि उपस्थित सबैमा विशेष धन्यवाद ज्ञापन गरिन्।
उनले नेपाली महिला समाज कतार, समाजसेवी पोखरिया र अर्का सहयोगदाता उपेन्द्र अधिकारीलाई विशेष धन्यवाद व्यक्त गर्दै संस्था आफ्नो मात्रै नभएकोले सबै सामाजिक अभियन्तालाई सहयोगको लागी आग्रह गरिन्।