बुधवार, कार्तिक ५ गते २०८३

बालाजु बसपार्कको मोबाइल पसल लुटने थप ७ पक्राउ

शुक्रवार , फाल्गुण ५, २०७९

काठमाडौं ।  नयाँ बसपार्कस्थित ल्त्सोको मोबाइल पसलमा  तोडफोड गरी मोबाइल चोरी गरेको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा २३ वर्षका रोजन डंगोल, ३० वर्षका रितेश बस्नेत, ३० वर्षका एमन राई ३० वर्षका सुजन तामाङ, २३ वर्षका सुवास अधिकारी र १९ वर्षकी जोना चौधरी  छन् ।

जिल्ला प्रहरी परिसर, टेकुका अनुसार पक्राउ परेकाहरुवाट मोबाइल, एयरफोन, यूएसबी केबललगायतका सामाग्री बरामद गरिएको छ ।

सिसिटिभीको बिश्लेषण गरेर उनीहरुलाई पक्राउ गरिएको हो  । चोरी तथा डाँका कसुरमा मुद्धा चलाईएको उनीहरुलाई अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अदालतबाट अनुमति लिइ सकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार