मंगलवार, कार्तिक ४ गते २०८३

सर्वोच्चमा सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाई सोमबार

आइतवार , फाल्गुण १४, २०७९

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो ।

त्यस्तै सन्दीप लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । दुवै मुद्दामा आइतबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ भएको थियो ।

तर सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा रहेको सर्वोच्च अदालतले जनाएको  । अब यो मुद्दामा यही इजलासमा भोलि सुनुवाइ हुनेछ ।

त्यसअघि ईजलासमा महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताद्वय सञ्जीव रेग्मी र सोमकान्त भण्डारीले उच्च अदालतको धरौटीमा छाड्ने आदेश त्रुटिपूणर् भएकाले पुर्पक्षका लागि थुनामा राख्नुपर्ने उनीहरुले माग गरेका थिए ।

उनीहरुले कसको के योगदान छ भन्दा पनि अपराध के हो भनेर हेर्नुपर्ने समेत बताएका छन् । इजलासले भने पीडितले किटानी जाहेरी दिएको र सन्दीपले आरोप अस्वीकार गरेको अवस्थामा के आधारमा निणर्य गर्ने भनेर प्रश्न सोधेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार