मंगलवार, कार्तिक ४ गते २०८३

नामाकरणको खुसीयालीमा कोशी प्रदेशमा आज सार्वजनिक बिदा

बिहिवार , फाल्गुण १८, २०७९

बिराटनगर । दोस्रो कार्याकालमा प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामकरण भएको खुसीयालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रालयले प्रदेश १ को कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदाई घोषणा गरेको हो । 
हिजो भएको मतदानमा कोशी प्रदेशको पक्षमा ८२ र बिपक्षमा ४ मत खसेको थियो । ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार