मंगलवार, कार्तिक ४ गते २०८३

जुम्लाको नुवाकोटमा आगलागी

शुक्रवार , फाल्गुण १९, २०७९

जुम्ला । जुम्लाको  तिला गाउँपालिका - ४ नुवाकोट गाउँको महादेवस्थानमा भएको आगलागी हुँदा  १३ घार मौरीसहित घर नष्ट भएको छ । गएराति १ बजे भएको आगलागीबाट नुवाकोट गाउँ निवासी लालबहादुर हमालको घर र १३ घारमा भएको मौरी पूर्णरुपले नष्ट भएको हो । 

पीडित घरधनी हमालले १३ घार मौरी, एक तोला सुन र ६५ हजार नगद जलेर नष्ट भएको बताए। उनका अनुसार मानवीय क्षति भने भएको छैन ।

आम्दानीको मूल स्रोत मौरी नष्ट भएपछि भने जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता सृजना भएको पीडित हमालले दुखेसो व्यक्त गरे।आगलागीबाट २ लाख ६० हजार बराबरको मौरी नष्ट भएको छ । 

अहिले बजारमा महको प्रति केजी २ हजारमा बिक्री वितरण भइरहेको छ। घटनाको स्थलगत क्षतिको  विवरण लिन तिला गाउँपालिका कुडारीस्थित प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार