काठमाडौं । राजधानीको कलङ्कीमा रहेको खाँडादेवी फूडल्याण्डले फागु पूर्णिमाको अवसरमा रंगको पर्व होली विशेष सांस्कृतिक कार्यक्रमका साथ हर्षोल्लास पूर्वक धूमधामका साथ मानाएकाे छ।
कार्यक्रममा चर्चित मोडल एंव लोक तथा दोहोरी गायिका ज्योति मगर, चर्चित लोक गायक बालचन्द्र बराल, मोडल करिश्मा ढकाल, भावना पाैडेल, रोजिना परियार लगायतका कालाकारहरुले दमदार प्रस्तुतीहरु दिएका छन् ।
कार्यक्रममा रङसँगै पेय पदार्थ, खानाका परिकारहरू लोकल खसी कालिज,लोकल खुखुरा,बदेल,लाइभ बारबेक्यू,तन्दुरी,कवाब मम,पानीपुरी लगाएतको मासुको उत्कृष्ट परिकारको स्टल एवं प्रदर्शनी थरिथरिका पेय पदार्थ तथा पाहुनाको अर्डर अनुसार खानाको परिकार समेत उपलब्ध थियो।
नेपाली मौलिक कला संस्कृतिको माध्यमबाट नेपाली बिचको एकतालाई प्रगाढ बनाउन विगतका वर्षझै यस वर्ष पनि कार्यक्रमको आयोजना गरिएको फूडल्याण्डका प्रबन्ध निर्देशक एजुकेटिभ सेफ गोपी थापाले जानकारी दिए।

खाना पारखीका लागि अन्य भेन्यु भन्दा अझ पृथक रहेको यस खाँडादेवी फूडल्याण्ड लामो समयको तयारीका साथ पूर्ण गृहकार्य गरेर निर्माण गरिएको अति नै आकर्षक छ ।
घर तथा अफिसमा खाना तथा खाजा डेलिभरी प्याकिङ सुविधा, मनोरम शान्त बाताबरणमा, फेमिलीको लागि बस्ने छुट्टा छुट्टै रुम,यथेष्ट पार्कीङको समेत व्यवस्था रहेको छ।
२ वटा हलहरूमा एक साथ पार्टी गर्दा १५०० सम्म अटाउने क्षमता भएका कारण पनि कुनै पनि सानो ठुलो समारोह गर्न समस्या छैन । हरेक काेणबाट उत्कृष्ट देखिने यो भेन्यु सबैको रोजाइमा परेको छ । नियमित विवाह, ब्रतबन्ध कर्पोरेट पार्टीहरु अन्य ब्युटी ट्रेनिङ तथा फेसन शो, बिबाह, बर्थडे,गुन्यु चोली र अन्य शुभकार्य गर्न सकिन्छ ।
हेर्नुस् भिडियो :