मंगलवार, कार्तिक ४ गते २०८३
प्यालेस्टाइन ६-० ले पराजित

यू-२० महिला एसियन कप छनोट: प्यालेस्टाइनमाथि नेपालको सानदार जित

बुधवार , फाल्गुण २४, २०७९

एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले सानदार जित निकालेको छ ।

फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा आज भएको खेलमा नेपालले आयोजक प्यालेस्टाइनलाई ६-० गोल अन्तरले हराएको हो । नेपालको  जितमा दिपा शाहीले ह्याट्रिक गोल गरिन् ।

गरिमा राईको नाममा दुई गोल रह्यो । नेपालले एक गोल आत्मघाती उपहार पायो । जितसँगै नेपालले पहिलो खेलमै ३ अंक जोडेको छ । छनोटको समूह ‘बी’ मा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेको छ ।

अब दोस्रो खेलमा नेपालले नर्दन मारियानासँग सोमबार खेल्नेछ । छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ ।

जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार