मंगलवार, कार्तिक ४ गते २०८३
किसनलाई आहात

रासायनिक मलको मूल्य बढ्यो, सरकारी अनुदानमा कटौती

सोमवार , फाल्गुण २९, २०७९

काठमाडौं। सरकारले रासायनिक मलमा दिंदै आएको अनुदान कटौती गरेको छ । मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको सोमबार बसेको बैठकले मध्यान्ह १२ बजेदेखि आयात हुने बिन्दुमा मूल्य बढाउने निणर्य गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको अन्तर्राष्ट्रिय मूल्य बढ्दै गएको तथा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनियमदरमा कमी आएकोले मलमा दिँदै आएको अनुदान घटाएको जनाएको छ ।

मन्त्रालयले यसअघि ७०.८२ प्रतिशत अनुदान दिँदै आएकोमा अब किसानले ५९.०४ प्रतिशत मात्र अनुदान पाउने भएका छन् । यसलाई क्रमशः ५० प्रतिशतमा कायम गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलकाअनुसार युरिया मलको मूल्य प्रतिकेजी ११ रुपैयाँले बढेर २५ रुपैयाँ पुगेको छ । त्यस्तै, डीएपी ७ रुपैयाँले बढेर ४३ रुपैयाँ पुगेको छ भने पोटास प्रतिकेजी ९ रुपैयाँले बढेर ४० रुपैयाँ कायम भएको छ । यस अघि युरियाको मूल्य प्रतिकेजी १४ रुपैयाँ रहेको थियो भने डीएपी ४३ रुपैयाँमा र पोटास ३१ रुपैयाँ रहेको थियो ।

सरकारले रासयानिक मलमा किसानलाई दिंदै आएको अनुदान घटाउने नीति लिएअनुसार सरकारले दिने अनुदान घटाउँदा किसानलाई बेच्ने मूल्य बढेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार युरिया मलको अनुदान ८०.११ प्रतिशतबाट घटाएर ६४.४९ प्रतिशत कायम गरिएको छ । यस्तै, डीएपी मलको अनुदान ५९.४ प्रतिशतबाट घटाएर ५२.३८ प्रतिशतमा सीमित गरिएको छ भने पोटासमा दिंदै आइएको ५८.२ प्रतिशत अनुदानलाई घटाएर ४६.०९ प्रतिशत कायम गरिएको छ ।

मन्त्रालयले बढेको मूल्यमा मलको बिक्री र बजार अनुगमनका लागि गृह मन्त्रालयलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार