मंगलवार, कार्तिक ४ गते २०८३

जनसवाल दैनिकका सम्पादक बगाले यूएईमा सम्मानित

मंगलवार , फाल्गुण ३०, २०७९

काठमाडौं। जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगाले यूएईमा सम्मानित भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) युएई र नेपाल एशोसियसनबीच एकतासहित आयोजना भएको दुबै संस्थाको संयुक्त वार्षिक भेलामा सम्पादक बगाले युवा पत्रकारिता सम्मानबाट सम्मानित भएका हुन् ।

बगाले विगतले लामो समयदेखि गैरआवासीय नेपालीका विषयमा पत्रकारितामार्फत पुर्याएको योगदानको कदर गर्दै संस्थाले सम्मान गरेको हो ।

वागले विगत १५ बर्ष देखि जनसवाल राष्ट्रिय दैनिकमार्फत गैरआवासीय नेपाली, वैदेशिक रोजगारका विषयलाई प्रमुखताका साथ स्थान दिंदै आएका छन् ।

दुःख कष्ट, अपाङ्गता, शिक्षा, स्वास्थ्य, जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने, नेपालीहरूको एकताका लागि सक्रिय गुमीका निर्वाह गर्ने, देशको इज्जत एवं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रवर्द्धनमा सक्रियताका साथ अगुवाइ र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने आदि थुप्रै कार्यहरूमा उनको ठुलो योगदान रहँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार